

अन्ततः प्रतिनिधि सभामा एमसिसी टेबुल
संसदको अर्को बैठक फागुन १२ मा बस्ने

काठमाडौं — प्रतिनिधि सभा संसदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबल गरेका छन् ।
भर्खरै सम्पन्न संसदको बैठकमा सञ्चारमन्त्री कार्कीले एमसिसी प्रस्ताव टेबुल गरेका हुन् ।
त्यसअघि अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्ने भनिए पनि अन्तिम समयमा आएर शर्मा बिरामी परेपछि सञ्चारमन्त्री कार्कीले एमसिसी टेबुल गरेका हुन् ।
कार्कीले टेबल गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक स्थगित भएको घोषणा गरेका छन् । अब अर्को बैठक फागुन १२ गते बस्ने पनि सभामुख सापकोटाले जनाएका छन् ।