उपत्यकाबाहिर पहिलोपल्ट हेटाैंडामा खुल्दै थ्रीडी आर्ट म्युजियम



हेटौंडा । नेपालकै ठूलो वन डे थ्रीडी आर्ट म्युजियम इमाडोलको पहिलो शाखा हेटौंडामा खुल्ने भएको छ । ललितपुरको इमाडोलमा करिब २ वर्षअघि खुलेको नेपालकै ठूलो र धेरै थ्रीडी आर्टहरु भएको म्युजियमको पहिलो शाखाको रुपमा हेटौंडामा आगामी फागुन ७ देखि खुल्ने भएको हो ।

म्युजियममार्फत् उपत्यकाबासीलाई थ्रीडी आर्टबारे मनोरञ्जन र जानकारी दिइरहेको वन डे थ्र्रीडी आर्ट म्युजियमले उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने अभियानमा बागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो शाखाका रुपमा सेवा सुरु गरेको म्युजियमका सञ्चालक सुन्दर विष्ट बताउँछन् ।

हेटौंडाको रुद्रपथमा सञ्चालनमा हुन लागेको उक्त म्युजियम बागमती प्रदेशको राजधानीको रुपमा रहेको हेटौंडाको अर्को गहनाको रुपमा चिनिने अपेक्षा आफूहरुले राखेको उनी बताउँछन् । सरकारले प्रदेश राजधानी घोषणा गरेसँगै हेटौंडामा बढ्दै गइरहेको बजारीकरण र देशैभर कम्पनीको सेवा विस्तार गर्ने अभियानलाई केन्द्रीय राजधानीकै प्रदेश राजधानीको रुपमा रहेको हेटौंडालाई चयन गरिएको पनि जनाइएको छ ।

हेटौंडाको सेवा विस्तारसँगै कम्पनीले देशका अन्य मुख्य मुख्य सहरहरुमा पनि सेवा विस्तार गर्ने योजना बनाएको कम्पनीका अर्का सञ्चालकले बताए ।

कम्पनीले नेपालमा थ्रीडी आर्ट कलालाई पहिचान दिलाउनका लागि राजधानीको कुमारीपाटीमा नेपालकै पहिलो वन डे थ्रीडी आर्ट रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएको छ ।