

देशभर कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो, बिहीबार १४९७ नयाँ संक्रमित, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ५७ जना डिस्चार्ज भएसँगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४९७ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ७ सय ५५ जना उपत्यकाका मात्रै रहेका छन् ।
काठमाडौंमा ६ सय ९ जना, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा मात्र ९ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै एकै दिनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सर्वाधिक पुगेको छ । गत २४ घन्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ५३ पुगेको छ ।