वर्षासँगै उपत्यकाका चारैतर्फ हिँउ, यस्तो छ चन्द्रागिरीको ताजा अवस्था (तस्बिरहरु)



काठमाडौं । आज देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा  हिमपात भइरहेको छ ।

उपत्यकाको चारैतर्फका अग्ला डाँडाहरुमा हिँउ परेको समाचार आईरहेका छन् ।

उपत्यकाको चन्द्रागिरी, फुलचोकी, सुन्दरीजल चिसापानीलगायतका क्षेत्रमा हिँउ परेको स्थानीयहरुले जनाएका छन् ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

तस्बिरहरुः