

एमाले महासचिवमा शंकर पोखरेल निर्वाचित

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
चितवनमा जारी महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्र महासचिव पदका लागि पोखरेल बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् ।
बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित भएका हुन् । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।
एमाले महाधिवेशनमा अध्यक्षका केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको जनाइएको छ । त्यस्तै उपाध्यक्षमा घनश्याम भुषालले उम्मेदवारी दिएका छन् भने सचिवमा भिम आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।