आज तिहार, कुन देशमा कति बजे छ त भाईटीकाको उत्तम साइत ?

काठमाडौं । आज तिहारको मुख्य दिन अर्थात् भाइटीकाको दिन । तपाईं नेपाल बाहेक विश्वका कुन देशमा हुनुहुन्छ ? त्यसका लागि अन्तर्राष्ट्रिय पञ्चांग पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत प्रकाशित गरेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

आज नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ। विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ।

यस्तो छ तपाईं बसेको देशमा भाइटीकाको उत्तम साइतः

Leave a Reply

Your email address will not be published. Required fields are marked *