

नेपालमा संक्रमित संख्या बढेसँगै कोरोनाबाट मृत्यु हुने बढे, २ दिनमा २० जनाको मृत्यु

काठमाडौं । पपछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै नेपालमा कोरोनाबाट मृत्यू हुनेको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १, सिराहामा १, मकवानपुरमा १ र भक्तपुरमा १ जना गरी जम्मा ९ जना थपिएका छन् ।
यसअघि शुक्रबार मात्र ११ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । यससँगै पछिल्ला २ दिनमा २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर १४६ जनाको मृत्यु भएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६३४ जना संक्रमित देखिएका छन् । हालसम्म देशभर जम्मा संक्रमितको संख्या ३१ हजार १ सय १७ जना संक्रमित पुगेका छन् ।