

सञ्चारकर्मीलाई बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

काठमाडौं । सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ ।
विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका छन् ।
सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ । सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ ।
कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्दै गएपछि आज राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।