

उपत्यकामा ९६४ सहित देशभर थप ३४८१ संक्रमण पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १ दिनमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् भने थप ३० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा १० हजार १ सय ८० जनाको मृत्यु भएको छ ।
गत २४ घन्टामा १६६५६ जनाको परिक्षण गरिएको छ । ती मध्ये ३ हजार ४८१ जना संक्रमित देखिएका हुन् । उपत्यकाभित्र ९ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।