

बढ्यो संक्रमणः नेपालमा एकैदिन करिब ५ हजार जनामा कोरोना पुष्टी, ३५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा दुईमहिना यताकै धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ९ सय ४ जना संक्रमित थपिएका छन् । यो संख्या गत जुन २ तारिखका दिनपछिकै सबैभन्दा धेरै संख्या हो ।
गत २४ घन्टामा १९ हजार १ सय २३ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ११५ जना कोरोनामुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ६ लाख ७३ हजार १ सय ९८ जना कोरोनामुक्त भएका छन् भने १० हजार १५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।