नेपालमा डेढमहिना यताकै धेरै संक्रमितको मृत्यु, एकैदिन ५५ को मृत्यु हुँदा २५४८ जनामा संक्रमण



काठमाडौं । नेपालमा गत २४ घन्टामा गत डेढमहिना यताकै धेरै संक्रमितको मृत्यु भएको छ । संक्रमित साथै मृतकको संख्या बढ्दै गइरहेको नेपालमा पछिल्लो २४ घन्टामा थप ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । नेपालमा यसअघि गत जुन २३ गते एकैदिन ८१ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २०१९ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।