

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो, देशभर थप ३७२९ मा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३७२९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २४३० जना र एन्टिजेन परीक्षणबाट १२९९ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १५ हजार ६७५ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ४९३ र एन्टिजेन परीक्षण ६ हजार १८२ भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १८८५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २५ जनाको मृत्यु भएको छ ।
हालसम्म पिसिआर विधिबाट ७ लाख १० हजार ५०९ जना र एन्टिजेन ६७ हजार ८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ ।