

पछिल्लो २४ घन्टामा उपत्यकामा थपिए १०७५ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा १०७५ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं जिल्लामा ७६६ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १६३ जना नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस अवधिमा देशभर ३९३८ जना संक्रमित फेला परेका छन् ।
देशभर पछिल्लो २४ घण्टामा देशभर ३९३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने २०१२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै ३७ जनाको मृत्यु भएको छ ।
हालसम्म पिसिआर विधिबाट ७ लाख ८ हजार ९७ जना र एन्टिजेन ६५ हजार ७८१ विधिबाट जनामा कोरोना पुष्टि भएको छ भने, ६ लाख ६३ हजार ६६३ जना कोरोनामुक्त भएका छन् । त्यस्तै हालसम्म यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९९४ पुगेको छ ।