

उपत्यकामा १२७९ सहित देशभर थप ४१०७ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४१०७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ११ हजार ३५४ पीसीआर र ४ हजार ९४४ एन्टीजेन विधिबाट गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ आएको जनाएको छ ।
काठमाडौंमा उपत्यकामा १ हजार २७९ जना कोरोना पुष्टी भएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५३५ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ३५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार ९ सय ५७ जना को मृत्यु भएको जनाइएको छ ।