

आठ संक्रमित देखिएपछि हाँडीगाउँ क्षेत्र सिल

काठमाडौं । काठमाडौंको हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।
गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं। ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।
संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरी र त्यसपछि उनका परिवारका साथै अन्य ५ जनाको शुक्रबार कोरोना पुष्टी भएको थियो ।
उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।
वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल गरेका छौं । भोलि मेरै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’