

पूजाको प्रसाद खाँदा एकै गाउँका २८ जना बिरामी

सिन्धुपाल्चोक – सिन्धुलीको मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पुजामा सहभागीहरूमध्ये २८ जनालाई एउटै प्रकारको झाडा पखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।
सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उनले जानकारी दिइन् । बिरामीमध्ये ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।
अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताइन् । उनीहरुमा फुडपोइजनका कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।