

यी स्थानमा भारी वर्षाको सम्भावना, बाढीको जोखिम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको छ । महाशाखाले भारी वर्षासँगै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ ।
यसैगरी, महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी, र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।