

यी नदीहरूमा पानीको बहाव बढ्ने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – मनसुनी सक्रियताका कारण वर्षा हुने क्रम नरोकिएपछि देशका विभिन्न साना ठुला नदीनालाहरूमा पानीको बहाव आज पनि बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका प्रमुख नदीमा पानीको बहाव बढ्ने विभागको पूर्वानुमान छ । सहायक नदीहरू भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरूमा बहाव पनि पानीको मात्रा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । विभागले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षामापन भएकाले माउली खोलालगायत अन्य साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै दिउँसोसम्मै सतर्क रहन महाशाखाको अनुरोध छ ।