सरकारी गाडीमै २१ वर्षीया युवतीसहित ‘रंगेहात’ फेलापरेपछि …

भक्तपुर । प्रहरीले भक्तपुरको घ्याम्पे डाँडाको जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा तीन जनालाई रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन्। कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए।

उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंम्बर ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका थिए।

गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जनालाई बुधबार राति ११ बजे पक्राउ गरेर सोधपुछ गरिरहेको भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए।

गिरीका अनुसार सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका हुन्। उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि रंगेहात समातेको हो। गाडी चालक खत्री मन्त्रालयकै कर्मचारी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *