

देशभर थप १८७५ मा संक्रमण पुष्टी, १२८६ कोरोनामुक्त, २९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर र ५१३० जनाको एन्टीजेन गरी १० हजार ५०४ जनाकाे परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २८६ हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५ हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् ।