

संसद विघटनविरुद्धको रिटमा आज पनि बहस

काठमाडौं – सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज (बिहीबार) पनि संसद् विघटनविरुद्धको रिटमा बहस हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवा मुख्य निवदेक रहेको रिटमा आज दोस्रो दिन पनि बहस हुन लागेको हो ।
निवेदकका तर्फबाट हिजो वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव र शम्भु थापा तथा अधिवक्ताहरु खम्बबहादुर खाती र गोविन्द्रप्रसाद शर्मा बन्दीले बहस गरेका थिए । निवेदकका तर्फबाट १५ घण्टा बहस गरिने छ । त्यसपछि प्रतिवादीका तर्फबाट पनि १५ घण्टा नै बहस गरिने छ ।
एमिकस क्युरीका चार जनाले आफ्नो राय दुई घण्टाभित्र राख्ने छन् । त्यसपछि सुनुवाइको प्रक्रिया शुरु हुनेछ । हिजोको वहसका वरिष्ठ अधिवक्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा प्रश्नै प्रश्न उठाएका थिए ।