

इरानको तीन दर्जन बढी समाचारसँग सम्बन्धित वेबसाइटमा अमेरिकाको प्रतिबन्ध

काठमाडौं – अमेरिकाले इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी सामाचारसँग सम्बन्धित वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ ।
इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भए लगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो । कट्टरपन्थी छवी भएका नेता रायसीको आगमनले इरानसँगको सम्बन्ध बिग्रन सक्ने अमेरिकाको अनुमान छ ।
प्रतिबन्ध लगाइएका वेवसाइटहरुले इरानद्धारा गरिएको कुनै पनि काम कारबाहीको दुष्प्रचार गर्ने गरेको पाइएको अमेरिकी अधिकारीहरुको दावी छ ।
प्रतिबन्धित वेवसाइटहरुमा इरानको सरकारी टेलिभिजन च्यानल, हुथी बिद्रोहीको अल मसीराह च्यानल र इरानको अरबी भाषाका टेलिभिजन च्यानल रहेका छन् ।