

ब्राजिलमा कोरोनाबाट १८ लाख बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको संख्या १८ लाख नाघेको छ भने मृतकको संख्या ७० हजार भन्दा धेरै पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार संक्रमित र मृतकको सूचीमा विश्वकै दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १८ लाख ४ हजार ३ सय ३८ जना संक्रमित रहेका छन् ।
त्यस्तै हालसम्म कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ७० हजार ५ सय २४ पुगेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४५ हजार २ सय ३५ जना नयाँ संक्रमित देखिएका छन् भने १ हजार २ सय ७० जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वमा १ करोड २६ लाख ११ हजार ६ सय ९१ जना संक्रमित पुगेका छन् भने ५ लाख ६१ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ ।