

नागरिक घर बाहिर निस्कनेगरी निषेधाज्ञा कडा बनाउन गृहको निर्देशन

काठमाडौं – सरकारले निषेधाज्ञालाई थप कडा बनाउने भएको छ । संसद विघटनपछिको अवस्थालाई ध्यानमा दिएर गृहले मातहतका निकायहरुलाई नागरिकलाई घर बाहिर निस्कन नदिने गरी लकडाउन कडाई गर्न निर्देशन दिइएको हो ।
निषेधाज्ञा उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई गृहले परिपत्र गरेको छ ।
गृहसचिव महेश्वर न्यौपानेले शनिबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई गृह मन्त्रालयमा बोलाएर निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् । उनको निर्देशनसँगै मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिएको हो ।
मन्त्रालयले यसैसाता जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि देशैभरी परिपत्र गरेको हो । मास्कको प्रयोग, होल्डिङ र कसूरको व्यवस्थालाई कार्यान्वयन गरेर अध्यादेशलाई अघि बढाउन मन्त्रालयको निर्देशन सबै जिल्ला प्रशासनलाई निर्देशित गरिएको गृहका एक अधिकारीले जानकारी दिए ।