

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

काठमाडौं – नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो । केन्द्रीय बैंकको यस्तो निर्देशनले कोरोना महामारीको मारमा परेका व्यवसायीलाई सहज हुने देखिएको छ ।
यति मात्र नभई राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरको कर्जा असुली गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था पनि गरेको छ । वैशाख १६ देखि सुरु भएको निषेधाज्ञा कहिले हट्छ भन्ने कुनै टुंगो छैन । नागरिक दैनिक