

भारत काेराेनाः महामारी नियन्त्रण बाहिर, एकै दिनमा २ हजार बढीकाे मृत्यु

नयाँदिल्ली – छिमेकी मुलुक भारतमा काेराेना भाइरस संक्रमणकाे दाेस्राे लहर तीव्र रुपमा फैलिएकाे छ। काेराेना संक्रमण बढ्न थालेपछि केन्द्रीय राजधानीसमेत रहेकाे दिल्ली राज्यमा लकडाउन जारी भइसकेकाे छ ।
कयाैं राज्यका सहरमा प्रतिबन्धात्मक आदेश जारी भएकाे छ। भारतमा खाेप अभियानलाई पनि तीव्र बनाइएकाे छ। तर, संक्रमणदर झनझन बढिरहेकाे छ।
गएको २४ घण्टामा मात्र २ लाख ९४ हजार २ सय ९० जनामा सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन्।
भारतमा २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ। भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ। स्वास्थ्य विज्ञहरुले भारतमा काेराेना संक्रमण नियन्त्रणबाहिर गएकाे बताएका छन्।