

आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा

काठमाडाैं – त्रिदेशीय टी–ट्वान्टी शृङ्खलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे हुनेछ ।
आज नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने मलेसिया पहिलो जितको खोजीमा छ । तीन खेलमा चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा रहेको छ ।
दुई खेलमा दुवै खेल हारेको मलेसिया पुछारमा छ । तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको नेपाल चार अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।