

माओवादी केन्द्रको निशानामा अर्का मन्त्री, पुनः सपथ खाने तयारीमा बादल

काठमाडौं । लामो समयदेखिको पार्टी विवादसँगै माओवादी केन्द्रको निशानामा अर्का बहालवाला मन्त्री परेका छन् ।
सर्वोच्च अदालतले नेकपालाई छुट्टा छुट्दै रुपमा स्थापित गरिदिएपछि नेकपा एमाले तर्फ लागेका माओवादी केन्द्रका रामबहादुर थापा बादललाई केन्द्रले सांसद पदबाट हटाएको छ । सो बारेमा राष्ट्रिय सभा सचिवालयले आइतबार निर्णय गर्दै उनी सांसद पदबाट पदमुक्त भएको सूचना जारी गरेपछि बादल तत्कालका लागि सांसदका साथै गृहमन्त्रीको पदबाट मुक्त भएका छन् ।
राष्ट्रिय सभा सचिवालयले आज (आइतबार) देखि गृहमन्त्री बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ ।
उनी तत्कालका लागि गृहमन्त्री पदबाट पदमुक्त भए पनि मन्त्री बन्नका लागि भने बाटो रोकिएको छैन । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रीको जिम्मेवारी दिँदै सपथ खुवाउनु पर्ने प्रावधान रहेो छ । सचिवालयको पत्र पछि बादललाई पुनः आजै साँझसम्म सपथ खुवाउने तयारी गरिएको पनि स्रोतले जनाएको छ ।
यसअघि माओवादी केन्द्रले आप्mना प्रतिनिधि सभाका चार जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेसँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले पुनः सपथ खाएका थिए ।