

चुडाल र सुवेदीलाई सर्वोच्च न्यायाधीशका लागि ढोका खुला

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन गरेको छ ।
न्यायाधीशमा सिफारिस भएका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गरेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिएपछि समितिले उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको छ ।
न्याय परिषदको बैठकले २८ फागुनमा उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।