

विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएको विद्यालय कम्तिमा एक साता बन्द गर्ने निर्णय

काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकाका कुनैपनि विद्यालयको विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएको विद्यालय कम्तिमा एक साता बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थो वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको छ ।
कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘संक्रमण भएका विद्यालय एक साताको लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’
संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।
त्यस्तै बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ वटा जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको छ ।