

भारतमा एकैदिनमा एक हजार ३७ को मृत्यु, २ लाख कोरोना संक्रमित

नयाँदिल्ली – छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख नयाँ संक्रमित थपिएका छन् । बुधबारमात्रै १ लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन् ।
कोरोना भाइरस संक्रमणदर उच्च रहेको भारतमा पछिल्लो उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिए सँगै कुल कोरोना सङ्क्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा एक हजार ३७ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु भएको संख्या एक लाख ७३ हजार १५२ पुगेको छ । एजेन्सी