

यस्तो हुनेछ नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल, ‘यात्री’ भिडियो सार्वजनिक

काठमाडौं – आगामी बैशाख १० गते सार्वजनिक गर्ने बताइएको पी-० नामक यात्री मोटरसाइकलको भिडियो सार्वजनिक भएको छ । नेपाली युवा इन्जिनियरहरुको समूहले बनाएको सो मोटरसाइकलको भिडियो यात्री मोटरसाइकल्स फेसबुक पेजमा सार्वजनिक गरिएको छ ।
यद्यपि सो मोटरसाइकल पहिले नै सार्वजनिक गर्ने बताइएको पी-० हो वा अन्य हो भन्ने वारेमा केही खुलाइएको छैन । यो अर्कै मोडल हुन सक्ने पनि बताइएको छ । यद्यपि यसका लागि भने केही समय कुर्नु पर्नेछ ।
पी-० भने आगामी बैशाख १० गते सार्वजनिक गरिने छ । सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने सो मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ । पी-० नाम समेत दिइएको सो मोटरसाइकल महंगो हुने भनिए तापनि यसको मूल्य अहिले नै सार्वजनिक गरिएको छैन ।