

निमोनियाबाट स्टार अस्पतालमा मृत्यु भएका राैतहटका युवकमा कोरोना पोजेटिभ

ललितपुर । ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा निमोनियाका कारण भर्ना भएको एक युवकको मृत्यु भएको छ ।
रौतहट स्थायी घर भई राजधानीमा बस्दै आएका उनको शनिबार मृत्यु भएका ती युवकको मृत्युपछि पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसअघि उनको आरडीटी परिक्षणमा पोजेटिभ देखिएको थियो ।
गम्भीर अवस्थामा अस्पलता ल्याइपु¥याइएका ती युवकको उपचारका क्रममा निधन भएपछि टेकुमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको जनाइएको छ ।
उनलाई पोजेटिभ देखिएपछि उनको उपचारमा संलग्न चिकित्सकसहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । यसअघि नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु भइसकेको छ ।