कांग्रेस बैठक आज, आगामी महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । आगामी महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्नका लागि आह्वान गरिएको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी कार्यालय स्रोतले जनायो ।

कोरोना संक्रमणका कारण पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *