

स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौं – काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका १४ कुलेश्वर बस्ने नुवाकोट बिदुर नगरपालिका १३ का ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार का ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।
हिजो (आइतबार) उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।