यी ३५ जनालाई अमेरिकाले गर्यो डिपोर्ट, हतकडी र नेलसहित नेपाल ओराल्यो…

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो।

निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४ः४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष रहेको बताइएको छ।

डिर्पोट भएर आएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोको टोलीले आवश्यक सोधपुछ गरेको स्रोतले बताइएको छ। उनीहरुलाई अमेरिकी सेनाले हवाई जहाजमा हातमा हतकडी र खुट्टामा नेल लगाएर ल्याएको जनाइएको छ । उनीहरुको सामान बोरामा हालेर पठाइएको पनि जनाइएको छ ।

डिपोर्ट गरिएका सबैलाई सोधपुछपछि छाडिएको जनाइएको छ ।

व्युरोका अनुसार डिर्पोट भएर आउनेहरूमा तल्ला बाटो हुँदै अमेरिका गएकाहरू धेरै छन्।

डिपोर्ट भएकाहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *