सशस्त्रकी इन्स्पेक्टर सिटौलालाई अन्तिम माैका, ७ दिनभित्र सफाइ पेस नगरे जागिरबाटै हटाइने
काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ ।
बिदा स्वीकृत नगराई गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको र यो पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य भएको भन्दै गृह मन्त्रालयले सिटौलालाई विभागीय कारबाही गर्न लागेको थियो ।
गृह मन्त्रालयको सचिव स्तरको निर्णयले उनलाई ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ निर्णय गरिसकेको छ ।
यदि विभागीय सजाय गर्नु नपर्ने भए बाटोको म्याद बाहेक सात दिनभित्र कारणसहित सफाइ पेस गर्ने मौका समेत दिइएको छ ।

