उपत्यकामा दिनभर निषेधाज्ञा, भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश
काठमाडौं । नेपाली सेनाले काठमाडौँ, भक्तपुर र ललितपुरमा दिनभर निषेधाज्ञा र रातिदेखि कर्फ्यू आदेश जारी गरेको छ।
सेनाको मुख्यालय जंग्गीअड्डाले एक सूचना जारी गर्दै शुक्रवार बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लम्ब्याएको छ। त्यस्तै, साँझ ७ बजेबाट शनिवार विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
भोलि बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले जनाएको छ।

