सुशीलाको नेतृत्वमा नयाँ सरकार बन्ने, ९ बजे पुनः बैठक बस्ने
काठमाडौं । शीतलनिवासमा शुक्रबार बिहानसम्म चलेको वार्तामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र संविधानविद्हरूबीच अन्तरिम सरकार गठन विषयमा छलफल भएको छ।
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेमा सहभागी सबै पक्षहरू सहमत भएपनि संसद् विघटनको विषयमा भने अझै सहमति जुटेन।
जेन–जी आन्दोलनका प्रतिनिधिहरू संसद्लाई असफल संस्थाको रूपमा चित्रण गर्दै विघटन अनिवार्य भन्ने अडानमा छन्। तर, राजनीतिक दलका नेताहरू संविधानको प्रावधानलाई आधार मानेर संसद्लाई जोगाउने उपाय खोज्नुपर्ने पक्षमा छन्। यही विवादले रातभर बैठक हुँदा पनि अन्तिम निष्कर्ष आउन सकेन।
राष्ट्रपति कार्यालयले सबै पक्षबीच अझै छलफल आवश्यक रहेको भन्दै बिहान ९ बजे फेरि बैठक बस्ने बताएको छ।
उक्त आन्दोलनमा अहिलेसम्म ३४ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्। सिंहदरबारसहितका सरकारी संरचना जलाइएका कारण सुरक्षा निकाय सतर्क बनेको छ।
