यी हुन् अब नेपालमा चल्ने र नचल्ने सामाजिक सञ्जाल (सूचीसहित)

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रालयको यस निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच वटा प्लेटफर्म सूचीकरण भइसकेका छन् ।

यी प्लेटफर्महरू बन्द हुने छैनन् । नेपालमा यी प्लेटफर्महरू सञ्चालन हुनेछन् । मन्त्रालयका अनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।

ती बाहेकका अन्य सामाजिक सञ्जालहरू बन्द हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *