डडेलधुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

धनगढी । डडेल्धुरामा बिहीबार बिहान भएको जीप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडमा से १ ज ७३८ जिप दुर्घटना हुँदा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उग्रतारा यातायातको उक्त जिप दुर्घटनामा अन्य चार जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद रहेको डिएसपी साउदले बताए । घाइतेमध्ये सुशिला र जिप चालक साउदको अवस्था गम्भीर रहेको पनि उनले जनाए । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *