

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब पाउने

काठमाडौं – नेपालले वन संरक्षण मार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाए बापत करीब रु पाँच अर्ब ९४५ मिलियन अमेरिकी डलर रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।
सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।
साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौँ र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ ।