बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले बढुवा भएका सशस्त्र प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार सशस्त्र हेडक्वार्टर हल्चोकमा आयोजित एक विशेष समारोहबीच आईजी अर्यालले बढुवा भएका विभिन्न दर्जाका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उक्त अवसरमा आईजी अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायव उपरीक्षक र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
