प्रधानमन्त्री ओली लेख्छन्, ‘निर्यात इतिहासकै उच्च बिन्दुमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् । बिहीबार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न सफल भएको बताए । उनले भने, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं।’

यस्तै आफू सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको बताउँदै गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको उनले जिकिर गरे।

‘हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ,’ उनले भनेका छन् ।

May be an image of ‎1 person and ‎text that says '‎EXPORT निर्यात इतिहासके उच्च गत वर्षको आवभन्दा 81.80 प्रतिशत बढी 1 खर्ब! 52 अर्ब 38 करोड 12 लाख 81.80% 이ㅇ 2 खर्ब 2खर्ब77 77 अर्ब 3 करोड 2 लाख EXPORT 00ه EXPORT 500‎'‎‎

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *