प्रहरीका यी १३ इन्स्पेक्टर भए डिएसपी बढुवाका लागि सिफारिस (नामसहित)
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि १३ जना इन्स्पेक्टरहरु सिफारिस भएका छन् ।
प्रहरी मुख्यालयस्थित बढुवा समितिले योग्य ठहरिएका १३ जना इन्स्पेक्टरहरु बढुवा सिफारिस भएका हुन् ।
बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिअनुसार डिएसपी बढुवाका लागि पहिलो नम्बरमा बसन्त गौतम बढुवा सिफारिस भएका छन् ।

