सशस्त्र असईमा नाम निकालीदिने भन्दै ५ लाख ठग्ने पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकालीदिने भन्दै ठगी गरेको अभियोगमा क जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्री पक्राउ परेको नेपाल प्रहरीको केन्द्री समाचार कक्षले बुधबार जानकारी गराएको छ ।
सोमबार नै पक्राउ परेका उनले असई पदमा नाम निकालिदिने भन्दै पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाएका थिए ।
त्यसपछि ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जीसमेत जारी भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।
