

असई कुन्जाङ पुगिन् सर्वोच्च शिखर

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
शेर्पाले अहिले बिहान ८ः५६ बजे सगरमाथाको शिखरमा पाइला राखेको जनाइएको छ । उनले शिखरमा नेपाल प्रहरीको झन्डा फहराएको जनाइएको छ ।
यसअघि आइतबार सशस्त्र प्रहरीका असई दन्तबहादुर छन्त्याल सगरमाथाको शिखर पुगेका थिए ।