पूर्वसैनिक गिरीले गरे खुर्पाले हानेर भतिज र छोरीको हत्या



चितवन – चितवनको दिव्यनगरमा एक पुरुषले दुई बालबालिकाको हत्या गरेका छन् । भरतपुर महानगरपालिका—२५ का ४२ वर्षीय लीलाराज गिरीले खुर्पाले हानेर उनीहरूको विभत्स हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार आज बिहान ९ः५५ बजेको समयमा गिरीले दाइको छोरा ५ वर्षका साजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसलगत्तै आफ्नै छोरी ७ वर्षीया प्रभा गिरीलाई पनि खुर्पा प्रहार गरेका थिए ।

साजनको घटनास्थलमै मृत्यु भएको थियो । छोरी प्रभाको चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा त्यहीँ मृत्यु भएको अस्पतालका निर्देशक प्रताप देवकोटाले बताए ।

डीएसपी खनालका अनुसार भूपू आर्मी रहेका लीला गिरीको मानसिक अवस्था ठीक थिएन । उनले दुई बच्चापछि आफैँलाई पनि खुर्पा हानेका थिए । उनलाई पनि घाइते अवस्थामा उनलाई पनि चितवन मेडिकल कलेज ल्याइएको थियो ।