एआईजी बढुवा निस्क्यो, यी ६ मध्ये एक हुनेछन् भावी आईजी (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) बढुवा निस्किएको छ ।

लामोसमयदेखि रिक्त रहेको एआईजीका लागि ६ जना बढुवा सिफारिस भएका छन् ।

गृहमन्त्रालयका अनुसार बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी सिफारिस भएका हुन् ।

वर्तमान आईजी दीपक थापाको अवकाशसँगै यी ६ मध्येबाट एक जना नेपाल प्रहरीको भावी नेतृत्वमा पुग्नेछन् ।

सूचीः

May be an image of violin and text