चीनको डिङ्जेमा भूकम्प, काठमाडौंमा पनि धक्का महशुस

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार बिहान भूकम्प महशुस भएको छ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर बिहान ४ बजेर ५ मिनेटमा ५ म्यााग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ। मंगलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ म्यााग्निच्युडको भूकम्प गएको थियो।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्यााग्निच्युडको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *